दुईतिहाइको दम्भ त्यागेर अघि बढ्न डाक्टर भट्टराईको सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

दुईतिहाइको दम्भ त्यागेर अघि बढ्न डाक्टर भट्टराईको सरकारलाई सुझाव

dr baburam bhattarai

काठमाडौं, ६ असार । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दुई तिहाइ बहुमतको आफ्नो दम्भ त्यागेर अगाडि बढ्न सुझाव दिनुभएको छ ।

शुक्रबार व्यवस्थापिका संसदको बैठक सुरु हुनेवित्तिकै समय लिएर बोल्दै भट्टराईले सरकारले आफ्नो दम्भ प्रदर्शन गर्दै गएको र उक्त दम्भले सरकारलाई नै अप्ठेरोमा पार्ने बताउनुभयो । उहाँले सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको दुइतिहाईको मतादेश दिगो नहुने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

डाक्टर भट्टराईले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गर्नुभयो । उहाँले गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न माग गर्नुभयो । भट्टराईले बजेट विनियोजन लगायतले संघीयताको मर्म बुझ्ने दिशा तर्फ सरकार नगएको स्पष्ट भएको बताउनुभयो ।