सूचना प्रविधि विधेयक तत्काल पारित गर्न संचारमन्त्री बास्कोटाको दवाव | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

सूचना प्रविधि विधेयक तत्काल पारित गर्न संचारमन्त्री बास्कोटाको दवाव

gokul baskota

काठमाडौं, ६ असार । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले शुक्रवार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दवाव दिनु भएको हो । उहाँले सरोकार नै नभएको उक्त विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाउनु भयो ।

समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गर्नु भयो । उहाँले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);