प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा प्रदेश ३ को विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा प्रदेश ३ को विजयी सुरुवात

pm cup-pradesh 3 vs karnali

कञ्चनपुर, ५ असार । कञ्चनपरमा जारीे चौथो प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ३ ले आफनो पहिलो खेल मै जित हात पारेको छ । प्रतियोगिताको बिहिवार भएको खेलमा प्रदेश नम्बर तीनले कर्णाली प्रदेशलाई ९० रनले हराँउदै जीत हात पारेको हो ।

टस जितेर फिल्डिंग रोजेकोे प्रदेश ३ ले कर्णालीलाई निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ५७ रन को लक्ष्य दिएको थियो । प्रदेश ३ का तर्फबाट अस्मिना कर्माचार्यले अभिजित ४७ रन बनाइन भने ओपनर अस्मिता खरेल र कञ्चन श्रेष्ठले समान २८-२८ रन बनाए ।

१ सय ५७ रनको लक्ष्य पाएको कर्णाली प्रदेश १५दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५४ रनमै समेटिएको थियो । कर्णाली प्रदेशका लागि रबिना चौधरीले सर्वाधिक २२ रन बनाईन भने , लक्ष्मी रिमालले ११ र मधु जिसीले ९ रन बनाए ।