१४५ जनाले रोजगारी पाए | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

१४५ जनाले रोजगारी पाए

pm rojgar karyakram

काठमाडौं, ५ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा बेरोजगार सूचीमा सूचिकृत भएकालाई धनकुटा नगरपालिकाले रोजगारीमा खटाएको छ ।

स्थानीय तहमा बेरोजगार भएकालाई रोजगारीको प्रत्याभूति गराउनका लागि चालू आव सकिन करिब १ महिना बाँकी रहँदा नगरपालिकाले बेरोजगारको सूचीमा सूचिकृत भएका धनकुटा नगारपालिकाभित्रका १० वटै वडाबाट छनोट भएका १ सय ४५ जनालाई १ महिनाका लागि रोजगारीमा खटाएको हो । काममा खटिएका व्यक्तिहरूले सडकको नियमित मर्मत, स्थानीयस्तरका बस्ती सरसफाइलगायत काम गर्नेछन् ।

कार्यक्रमको उत्घाटन गर्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले सरकारले ल्याएको प्रधानमन्त्री रोजगारी कार्यक्रममा बेरोजगारलाई रोजगारी दिने उद्देश्य भएकाले यसलाई प्रभावकारी रूपमा कार्यन्वयनमा लैजाँदै आफ्नो नगर आफैं बनाउन लाग्नु सकारात्मक भएको धारण राखे । उनले भने देशमा रहेको जनशतिmलाई देश निर्माणमा लगाउने काम र देशमा नै रोजगारी सिर्जना गर्ने यो सुरुवाती कार्यक्रम हो । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);