गणेश भगवानको मुर्ती राखेर मासुको विज्ञापन, हिन्दूहरू रुष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८१, सोमबार

काठमाडौं, २१ भदौ । अस्ट्रेलियाको एक मासु उत्पादन कम्पनीको विज्ञापनमा भगवान् गणेशलाई देखाएपछि त्यहाँ रहेका हिन्दू धर्मालम्बीहरु रुष्ट हुन थालेका छन्। मीट एन्ड लाइभस्टक अस्ट्रेलिया (एमएलए) नामक यस कम्पनीको वेबसाइटमा अस्ट्रेलियाली सरकारको सहयोगी कम्पनीका रूपमा यसलाई देखाइएको छ।

गत सोमबार प्रसारितविज्ञापनमा भगवान् गणेशको प्रयोग गरेर भेडाको मासु बेच्न खोजिएको छ। सामाजिक सञ्जालमा यस कदमको कडा विरोध भइरहेको छ। बिरोधपछि विज्ञापनको कन्टेन्ट हेर्नै संस्था अस्ट्रेलियन स्ट्यान्डर्ड्स ब्युरोले यसको जाँच गरिरहेको छ। विज्ञापनमा भगवान् गणेशलाई टेबुलअघि बसेको देखाइएको छ । भगवान गणेशका अलावा बुद्ध, जीसस, यहुदीहरू पनि टेबलमा देखिन्छन्।

उक्त विज्ञापनको ट्यागलाइनमा देखिएको छ मीट – वी क्यान अल ईट । अर्थात् त्यस्तो मासु जुन हामी सबैले खान सक्छौं ।विवाद उठेपछि मासु कम्पनीका प्रमुख एन्डु होवीले भनेका छन्भे, – ‘डाको मासु सबैले उत्तिकै मन पराउँछन् भन्ने देखाउन हामीले यस्तो विज्ञापन बनाएका हौं।’ फरक धर्म मान्नेहरूकहाँ पुग्ने हाम्रो कोशिश हो। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);