नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै

ausadhi

काठमाडौं, ४ असार । रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गासिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गासिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिमा पुर्‍याए ।

त्यहाँ उनले ‘मल्टिलेभल मार्केटिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्‍याएर अरूलाई सदस्य बनाउने ।

दुर्गासिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।

राजविराज नपा–१४ का रामकृष्ण ठाकुर प्यूठानको भिंग्री भन्ने ठाउँमा कपाल काट्ने व्यवसाय गर्छन् । नजिकको साथीले लोभ्याएपछि उनी पनि त्यस कम्पनीको कार्यालयमा पुगे । तालिम लिए । औषधि किनेर सदस्य बने र अरूलाई सदस्य बढाउन जुटे । सन्तकुमार, दुर्गासिंह, रामकृष्ण अहिले प्रहरी नियन्त्रणमा छन् । प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भएको र अरूलाई पनि आबद्ध गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);