सातै प्रदेशका प्रहरी प्रमुख फेरिए | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

griha mantralaya

काठमाडौं, १ असार । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ । प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ ।

प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।

त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् ।

सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);