न्युरोड क्षेत्रमा आइतबारदेखि स्मार्ट पार्किङ सेवा | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

न्युरोड क्षेत्रमा आइतबारदेखि स्मार्ट पार्किङ सेवा

parking

काठमाडौं, ३२ जेठ । काठमाडौं न्युरोड क्षेत्रमा आइतबारदेखि स्मार्ट पार्किङ सेवाको सुरुआत हुँदैछ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो ।

व्हिल्स ट्रली योर्स प्रालि सँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने महानगरपालिकाले जनाएको छ । अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् ।

न्युरोड क्षेत्रका ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । व्यवस्थित पार्किङ नहुँदा आवागमन अस्तव्यस्त हुने न्युरोडमा स्मार्ट पार्किङ सुरु भएपछि केहि सहज हुने अपेक्षा गरीएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);