एजेन्सी, ३१ जेठ । न्युजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुई मस्जिदमा भएको आक्रमणका मुख्य अभियुक्त मानिएकाले आफूमाथिको आरोप अस्वीकार गरेका छन । गत मार्चमा ५१ जनाको ज्यान जाने गरी भएको आक्रमणमा मुख्य अभियुक्तले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका हुन ।
ब्रेन्टन टरेन्ट नाम गरेका अस्ट्रेलियन नागरिकले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका हुन् । क्राइस्ट चर्च उच्च अदालतमा शुक्रबार भएको सुनुवाईको क्रममा उनले आफूमाथि लागेका सबै ९२ आरोप अस्वीकार गरेका हुन् । उनीमाथि ५१ वटा हत्या आरोप सम्बन्धी, ४० वटा हत्या प्रयास सम्बन्धी र एउटा आतंककारी गतिविधि सम्बन्धी आरोपमा मुद्दा दर्ता भएको थियो ।