यसकारण पुग्दैन चक्रपथ बाहिर मेलम्ची खानेपानी | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

काठमाडौँ, २१ भदौ । झन्डै दुई दशकदेखि राजधानी उपत्यकाका बासिन्दाले देखेको मेलम्चीको पानी खाने सपना पहिलो चरणमा चक्रपथभित्रका छानिएका ठाउँमा मात्रै पूरा हुनेछ। अझ मेलम्चीको पाइप गाड्न सडक खनेर हैरान भएका कपन क्षेत्रका बासिन्दाको हकमा त यो झनै टाढा छ।

तर, पानी आउने समय अझै टुंगो लागिसकेको छैन । पाइन बिछ्याउँदा भएको धुलोधुँवाको सास्ती, भत्केको सडक र अस्तव्यस्तताबाट मुक्ति पाउने समय अझै आइसकेको छैन । दसैंमा ल्याउने भनिएको पानी पछिल्लो समयमा २०७४ भित्र ल्याउने बताइएको छ।

तर, मेलम्चीको पानी आउँदा पानीको समस्या हट्यो भनेर राजधानीवासी रमाइहाल्नुपर्ने अवस्था छैन । आयोजनाले चक्रपथभित्रका केही क्षेत्रबाहेक पानी वितरण सञ्जालको लागि पाइप बिछ्याएको छैन । वितरण सञ्चालनको पाईप विछ्याउन नसकेपछि सबै ठाउँमा पानी पुर्याउन समस्या हुने देखिएको हो । आजको नागरिकमा खबर छ।

ताजा समाचार