सबथोक छाडेर कोरिया, ९२ हजार ३ सय ५६ ले दिए परीक्षा | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

सबथोक छाडेर कोरिया, ९२ हजार ३ सय ५६ ले दिए परीक्षा

EPS-korea

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भनेका थिए, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’

प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा दिए ।

तीनकुनेस्थित भीएस निकेतन केन्द्रबाट परीक्षा दिएका उनले भने, ‘दक्षिण कोरिया जाने पहिलो खुडकिलो भनेकै भाषा पास गर्नु रहेछ । त्यसैले परीक्षा दिएको हुँ ।’

अधिकारी शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् । तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाका लागि काठमाडौं छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्‍यायो । एसएलसी पहिलो र प्लस टु दोस्रो श्रेणीमा पास गरेका थिए ।

पढाइ सरासर सक्ने र स्वदेशमै स्वरोजगार बन्ने सपना बुनेर उनी काठमाडौं आएका थिए ।‘काठमाडौंमा पढाइ राम्रो हुन्छ भनेर गाउँबाट आएको थिएँ, कोरिया जान होइन,’ उनी भन्छन्, ‘तर सजिलो रहेनछ, यहाँ बसेर पढ्न र गरिखान पहिला खर्चको जोहो गर्नुपर्ने रहेछ ।’

बूढानीलकण्ठमा साथीसँग मिलेर बस्ने उनले मासिक ३ हजार रुपैयाँ भाडा तिनुपर्छ । बढदो महँगी र आर्थिक अभावकै कारण केही समयदेखि वैदेशिक रोजगारीको प्रयासमा उनी जुटेका हुन् । केही महिनाअघि जापान जाने प्रक्रियामा लागेर असफल भएपछि कोरियन भाषा सिकेका हुन् ।आमाबुवाका ६ सन्तानमध्ये कान्छा उनलाई आर्थिक जोहो गर्नुपर्ने बाध्यता रहेछ । उनका बुवा साउदी अरबमा मजदुरी गर्छन् । भन्छन्, ‘पढाइ छाडेर रोजगारीमा जुट्नैपर्ने मेरो बाध्यता हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);