सरकारी अस्पतालमा बिरामीको व्यापार, यसरी पठाइन्छ नीजि क्लिनिकमा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८१, बिहीबार

सरकारी अस्पतालमा बिरामीको व्यापार, यसरी पठाइन्छ नीजि क्लिनिकमा (भिडियोसहित)

koshi aspatal

अभिजाल विष्ट
विराटनगर, २५ जेठ । मोरङ जिल्लाको विराटनगरमा रहेकोे कोशी अस्पतालको सेवा प्रवाहबाट अधिकांश सेवाग्राहीले सास्ती पाएका छन् । अस्पतालमा कार्यरत डाक्टरहरु अस्पतालमा भन्दा धेरै निजी क्लिनिकमा हुँदा सेवाग्राही मर्कामा परेका हुन् । अस्पतालमा डाक्टर नभेटिदा सेवाग्राही महंगो रकम तिरेर निजी क्लिनिकमा जान बाध्य छन् ।

विराटनगरको कोशी अस्पतालमा दैनिक एक हजार भन्दा बढी सेवाग्राहीहरु सेवा लिनका लागि आउने गरेका छन् । तर विरामीको अनुपातमा डाक्टरको संख्या कम हुँदा र भएका डाक्टरहरुले पनि अस्पतालमा प्रयाप्त समय नदिँदा पुर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पतालबाट अहिले सेवाग्राही समयमा सेवा पाउन सकेका छैनन् । डाक्टर नभेटिदा सरकारी अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीहरु निजी क्लिीनिकतिर धाउने गरेका छन् ।

अस्पतालमा भन्दा निजी क्लिनिकमा धेरै समय बिताउने डाक्टरहरुले आफ्ना सहयोगी लगाएर बिरामीलाई निजी क्लिनिकमा लैजाने गरेका छन् । अस्पतालमा विरामीलाई समय नदिने डाक्टरले निजी क्लिनिक आउनुहोस्, उत्तै राम्रोसंग हेरौंला भन्दै विरामीलाई निजी क्लिनिकमा तान्ने गर्दछन् । अस्पतालमा सेवा लिन आएका विरामीलाई निजी क्लिनिकमा लैजान डाक्टरका.सहयोगीले नै एम्बुलेन्स खोजीदिन्छन् र विरामी निजि क्लिनिक लैजान्छन्।

डाक्टरहरु सरकारी अस्पतालमा विरामी हेर्ने भन्दा पनि हाजिरका लागि मात्र आउने गरेको विरामीहरुको गुनासो छ । डाक्टरहरुले विरामीलाई अभ्यासमा आएका सिकारु डाक्टरको भरमा छोड्ने गरेका छन् । अस्पतालमा आएको एक हप्ता हुँदा पनि कुनै राम्रो उपचार हुन नसकेको र सबै सिकारु डाक्टर रहेको सेवाग्राही गुनासो गर्दछन् । तर कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेट डाक्टर रोशन पोखरेल सर्वसाधारणको गुनासो मान्न तयार देखिंदैन्न ।

कोशी अस्पतालमा हाल कार्यरत ६५ जना चिकित्सक छन् । दैनिक एक हजार भन्दा धेरै विरामी आउने गरेको अस्पतालकै रेकर्ड रहेको छ । यसरी हेर्दा एक डाक्टरले १ मिनेटमा झण्डै २ जना बिरामी जाँच्नु पर्ने हुन्छ । तर डाक्टरहरुले प्रयाप्त समय दिने गरेका छैनन् ।

यसले गर्दा विरामीहरु बाध्यताले पनि निजि क्लिनिक जानुपर्ने अवस्था छ । एउटै विरामी सामान्य चेकजाँचमा पनि ५ सयदेखि हजारसम्म टिकट शुल्क लिने डाक्टरले सरकारी अस्पताललाई देखाउने दाँत बनाएर निजि क्लिनिकलाई कमाई खाने धन्दा बनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);