माई नगरपालिका घुस काण्ड : घुस लिएको समाचार भ्रामक भएको उपप्रमुखको भनाई | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

माई नगरपालिका घुस काण्ड : घुस लिएको समाचार भ्रामक भएको उपप्रमुखको भनाई

ghus kanda illam

टिका खतिवडा
इलाम, २२ जेठ । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने भनिएको भए पनि भ्रष्टाचारमा अझै कमी आउन सकेको छैन । केही दिन अगाडिमात्र घुस लिँदा लिँदैको भिडियो सार्वजनिक भएर चर्चामा आएको इलामको माइ नगरपालिका पुन चर्चामा आएको छ । सव इन्जिनियरले स्थानीय उपभोक्ता समितिबाट घुस लिएको विषयमा माई नगरपालिकाले कुरा स्पष्ट पार्न खोजेको छ ।

गत हप्ता मात्र सव–इन्जिनियरले घुस लिँदै गरेको भिडियो सार्वजनिक भएपछि चर्चामा आएको इलामको माइ नगरपालिकालाई त्यही विषयले फेरि चर्चामा ल्याएको छ । माई नगरपालिकाका सव–इन्जिनियर र प्राविधिक विकास राईले घुस लिएको कुरा सार्वजनिक भएपछि स्थानीयहरु आक्रोसित हुँदा माई नगरपालिकाले घटनाबारे स्पष्ट पार्न गर्न खोजेको छ ।

माई नगरपालिकाले पत्रकार सम्मेलन गरी विषयलाई प्रष्ट्याउन खोजेको हो । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विष्णु रिमाल आचार्यले घुस लिएको समाचार भ्रामक भएको बताउनु भयो ।

इलामको माई नगरपालिका–५ को हाङ्गखिम—खरबनी सडक खण्डको प्राविधिक अनुमान लागत लिने कार्य हँुदा निर्माणको लागि प्रविधिक अनुमानित लागत तयार पार्दा पनि सवइन्जिनियर गोविन्द ढकालले १० हजार रुपैयाँ घुसबापत रकम लिएको सार्वजनिक भएको हो । उक्त सडक खण्डको कामका लागि सवइन्जिनियर ढकाल र प्राविधिक राईले २५ हजार माग गरेको स्थानीय बालकृष्ण मगरले बताउनु भयो ।

स्थानीय ठेकेदार लाल बहादुर तामाङले नगरपालिकाको सबै वडाहरुमा सञ्चालित सडक निर्माणमा नगरपालिकाका इन्जिनियरहरुले घुस माग्ने गरेको आरोप लगाउनु भयो ।

यता सव इन्जिनियर ढकालले आफुले रकम लिएको तर सापटी लिएको रकम उनीहरुले फिर्ता लिएको भन्दै बचाउ गर्नुभयो ।

यता माई नगरपालिकाका मेयर दिपक थेवेले आफुले भ्रष्टाचार नसहने र नगर्ने बताउँदै कर्मचारीले भ्रष्टाचार गरेको भए प्रमाणसहित आफुसमक्ष आउन समेत आग्रह गरे ।

भिडियोमा रकम लिँदै र दिँदै गरेको देखिए पनि रकम बापत कै हो या सवइन्जिनियर ढकालले भने झैँ सापटी फिर्ता हो, घुस रकम नै भएपनि ठेकेदार पक्षले आफ्नो ढाकछोपका लागि दिएको हो अथवा दिन बाध्य पारियो खुल्न जरुरी छ । आवश्यक छानबिन गरी दोषीलाई सजाय दिलाउन सरोकारवालाको ध्यान जान आवश्यक देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);