काठमाडौं, २० जेठ । तत्कालिन तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्ययमाथि आइतबार विषेश अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उपाध्यायको शैक्षिक प्रमाणपत्र नक्कली रहेको र न्यायसम्पादनमा कैफियत देखिएको भन्दै न्यायपरिषदले मुद्दा दर्ता गरेको हो ।
उजुरीमाथि छानबिन चलिरहेकै बेला न्यायाधीश उपाध्यायले २ जेठमा राजीनामा दिएका थिए । उजुरीपछि उनलाई स्नाकारबाहीस्वरूप न्यायपरिषद् तानिएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रसँगै भारतीय नागरिकले वंशजका आधारमा नागरिकता लिएको मुद्दामा कम सजाय दिएकोबारे पनि उनीमाथि उजुरी परेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।