सिरिया र ईराकमा भएको हवाइ आक्रमणमा हालसम्म १३०० नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सिरिया र ईराकमा भएको हवाइ आक्रमणमा हालसम्म १३०० नागरिकको मृत्यु

iraq and syria

एजेन्सी, १८ जेठ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा हालसम्म १३ सय नागरिक मारिएका जनाएको छ । गठबन्धनले सेनाले दिएको जानकारी अनुसार सन् २०१४ देखि अहिलेसम्म इराक र सिरियामा आइएस लडाकूविरुद्ध भएको लडाईका क्रममा उनीहरु मारिएका हुन् ।

सन् २०१४ को अगस्टदेखि हालसम्म गठबन्धनले ३४ हजार ५सय २ ओटा आक्रमण गरेको गठबन्धनद्वारा जारी वक्तव्यमा उल्लेख छ । यस अवधिमा भूलबस १ हजार ३सय २ जना आम नागरिक गठबन्धनको तर्फबाट मारिएको गठबन्धनले स्पष्ट पारेको छ । तर एउटा गैरसरकारी संस्थाले भने आफ्नो अनुगमनले अमेरिकी गठबन्धन सेनाद्वारा मारिनेको संख्या उसको तथ्यांक भन्दा धेरै रहेकोे दावी गरेको छ ।

गठबन्धनको हवाई आक्रमणमा परी संसार भरी गरेर ७ हजार ९सय भन्दा बढी आम नागरिक मारिएको सो संस्थाले जनाएको छ बेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले आफ्नो अनुगमनबाट सिरियामा मात्रै तीन हजार ८ आम नागरिकको गठबन्धनको आक्रमणमा परी मृत्यु भएको दावी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);