डडेल्धुराका स्थानीयलाई काफल बिक्री गर्न चटारो | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

डडेल्धुराका स्थानीयलाई काफल बिक्री गर्न चटारो

kafal dadeldhura

बिमल जैरु
डडेल्धुरा, १७ जेठ । डडेल्धुरामा आजभोलि बालबालिकादेखि बृद्धबृद्धासम्म एउटै पेशामा व्यस्त छन् । अहिलेको ऋतुमा डडेल्धुराका स्थानीयहरु काफल बिक्री गर्नमा लागेका हुन् । काफल पाकेसँगै डडेल्धुराको स्याउले बजार, बस पार्क मालम, भलिया गाउँसहित भिमदत्त राजमार्गको विभिन्न स्थानमा काफल बिक्री गर्नेहरुको भिड लाग्ने गरेको हो ।

डडेल्धुरामा अहिले बालबालिकादेखि बृद्धबृद्धा सबै उमेरका स्थानीयहरु काफल टिपेर बिक्री गर्ने चटारोमा लागेका छन् । काफलबाट सहजै राम्रो आम्दानी हुन थालेपछि वैशाखको अन्तिम सातादेखि जेठको अन्तिम सातासम्म अन्य काम छोडेर पनि यहाका स्थानीयहरु काफल विक्रिमा लाग्ने गर्दछन् । विशेषगरी महिला तथा बालबालिकाहरु काफल बिक्रीमा संलग्न भएको पाईएको छ ।

काफल पाकेसंगै अन्य काम छोडेर पनि डडेल्धुराको स्याउले बजार,बसपार्क मालम, भलिया गाउँसहित भिमदत्त राजमार्गको विभिन्न स्थानमा काफल विक्रीमा व्यस्त हुने गर्दछन् । मौसम अनुसार यहाँका स्थानीयले औसतमा एक सिजनमा १५ देखि ४० हजारसम्म आम्दानी गरिरहेका छन् । काफल विक्रि गरेर नै यहाँका महिलाहरुले आफ्ना बालबालिकाको शैक्षिक खर्च तथा जिविकोपार्जन चलाउने गरेका छन् ।

विषेशगरी राजमार्गमा तथा बसपार्कमा रहेका यात्रुहरुलाई लक्षित गरी काफल विक्रि गर्ने गरिएको छ । पहाडी जिल्लामा मात्र पाइने काफल यसरी बेच्न ल्याइँदा यात्रुहरु पनि रमाएर काफल किनेर खान्छन् । तराईका जिल्लाका साथै काफल नपाईने पहाडी जिल्ला जाने यात्रुहरु पनि कोशेलीको रुपमा यहाँबाट काफल किनेर लान्छन् ।

kafal

डडेल्धुरा सदरमुकामका विभिन्न जंगलका साथै भिमदत्त राजमार्गको डडेल्धुरासहित डोटीको वुडर , गैरा र कैलालीको खानीडाडासम्मका विभिन्न जंगलमा सहजै रुपमा काफल पाईन्छ । त्यसैले यहाँका न्यून आय भएका अधिकांश बालबालिका तथा महिलाहरु काफल विक्रिमा सक्रिय हुने गरेका छन् ।

सुदुरपश्चिमका सातवटै पहाडी तथा तराईका जिल्लाहरुसहित देशका अन्य जिल्ला जाने यात्रुहरु भिमदत्त राजमार्ग भएरै ओहरदोहर गर्ने भएकाले पनि यस क्षेत्रमा काफल बढी विक्रि हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);