मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आजै तोकिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

मोदीको मन्त्रिपरिषदमा १९ नयाँ अनुहार, मन्त्रीहरुको जिम्मेवारी आजै तोकिने

narendra modi

काठमाडौं, १७ जेठ । भारतमा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेका छन् ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा देश–विदेशका करिब ८ हजार अतिथिको उपस्थितिमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मोदीले बिहीबार बेलुका शपथ लिएका हुन् । सपथसँगै प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद्समेत गठन गरेका छन् । ५८ सदस्यीय मन्त्रिपरिषदमा २५ जना क्याबिनेट मन्त्री नियुक्त भएका छन् । ९ जना स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री नियुक्त गरिएका छन् । मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी भने शुक्रबार बेलुकीसम्म टुंगो लाग्ने जनाइएको छ ।

शुक्रबार नै मोदी नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएको छ । मोदी मन्त्रिपरिषदमा राजनाथ सिंह दोस्रो वरियताका मन्त्री बनेका छन् । यसअघि गृह मन्त्रालय सम्हालेका उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइने हो या अन्य मन्त्रालयमा सारिने हो भन्ने प्रष्ट भइसकेको छैन । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पहिलो पटक केन्द्रीय मन्त्री नियुक्त भएका छन् । मोदीले मन्त्रिपरिषदमा १९ नयाँ अनुहारलाई स्थान दिएका छन् । अघिल्लो मन्त्रिपरिषदमा रहेका अरुण जेट्ली, मेनका गान्धी, राज्यवर्धन राठौर, जेपी नड्डा, राधा मोहन सिंह, जयन्त सिन्हा, महेश शर्मा, सुरेश प्रभुलाई नयाँ मन्त्रिपरिषदमा स्थान दिइएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);