आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

आफ्ना कारण ३८ मिनेट उडान ढिलो हुँदा मेक्सिकोकी मन्त्रीको राजीनामा

josepha

काठमाडौं, १७ जेठ । आफ्नो उडानका कारण अन्य उडानमा ढिलाइ भएपछि मेक्सिकोकी वातावरणमन्त्री जोसेफा गोन्जालेजले राजीनामा दिएकी छिन् । अन्य यात्री र विमानचालकहरुसँग माफी माग्दै उनले गत शनिबार राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

‘जनतालाई दुःख दिने यस्तो विशेषाधिकार कसैले पनि पाउनुहुन्न, एकजना व्यक्तिको सुविधाका लागि सर्वसाधारण जनता समस्यामा पार्नुहुन्न,’ राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामापत्रमा जोसेफाले लेखेकी छिन्, ‘तर मेरो कारणले ३८ मिनेट जहाज ढिला भयो , यो गल्ती अक्षम्य छ, त्यसैले म राजीनामा दिन चाहान्छु ।’

गत शुक्रबार सरकारी कामका लागि मेक्सिकोबाट मेक्षिकालीसम्मको यात्रामा जोसेफाका कारण अन्य व्यवसायिक जहाजको उडान ३८ मिनेट ढिला भएपछि जनस्तरबाट व्यापक आलोचना भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।