नेपालको ईम्बोस्ड नम्बर शुल्क बिहारभन्दा १२ गुणा महंगो | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

काठमाडौँ, २० भदौ । सरकारले ५ भदौदेखि नेपालमै पहिलोपटक ईम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याईसकेको छ । तर, सरकारले निर्धाराण गरेको ईम्बोस्ड नम्बर, जडान शुल्क भने छिमेकी भारतको तुलनामा १२ गुणा महंगो पाईएको छ।

 

नेपाल सरकारले दुईपांग्रे सवारीसाधनमा २ हजार ५ सय रुपैयाँ, तीनपांग्रेको २ हजार ९ सय रुपैयाँ, हलुका सवारीसाधनको ३ हजार २ सय रुपैयाँ र ठुलो सवारीसाधनको ३ हजार ६ सय रुपैयाँ तोकेको छ ।, तर, नेपालभन्दा पाँच बर्षअघि नै सुरु गरेको सीमावर्ती भारतीय राज्य बिहारमा भने ईम्बोस्ड जडान शुल्क निकै सस्तो छ ।

 

भारतमा दुईपांग्रे सवारीमा ईम्बोस्ड नम्बर जडान गर्न नेपाली २ सय १० रुपैयाँ मात्र पर्छ ।  भारतका अन्य राज्यहरुमा समेत खासै महंगो नरहेको ईम्बोस्ड नम्बरप्लेटको नेपाली शुल्क भारतमा भन्दा १२ गुणा बढी देखिएको छ।

 

के हो ईम्बोस्ड नम्बर ?

विशेष प्रविधिको सहयोगमा धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको नम्बरप्लेटलाई ईम्बोस्ड नम्बरप्लेट भनिन्छ । त्यस्तो प्लेटमा नेपालको आफ्नो छुट्टै लोगो पनि अंकित छ ।

 

प्लेटको बीचमा माथि पर्ने गरी सञ्चालको नाम लेखिएको छ भने प्लेटको अर्को कुनातर्फ लेजर प्रिन्टरबाट ७ अंक भएको गोप्य नम्बरसहितको चिप जडान गरिएको आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);