विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प छैन : प्रचण्ड

विराटनगर, १३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताउनु भएको छ । अध्यक्ष दाहालले बम आतंक फैल्याएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिनु भयो ।

सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले आईतबार साँझ काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रको आवश्यक्ता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा अन्नत सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको तर्क गर्नु भयो ।

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउँदै समाजवादको यात्रा तय गर्ने बाटोमा मिलेर काम गर्न पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गर्नु भयो । ‘हामी सबै मिलेर विकास, निर्माण र समृद्धिको कामलाई तीव्रता दिएर मुलुकलाई समाजवादको बाटोतिर नयाँ ढंगले अघि बढाउन यतिवेला जरुरी रहेको’ अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले संसदमा पेश गरिएको मिडिया काउन्सिल सम्बन्धि विधेयक आवश्यक परिमार्जनसहित पारित हुने पनि स्पष्ट पार्नु भयो । उहाँले राष्ट्रिय एकता र समृद्धिमा केन्द्रित भएर कलम चलाउन पनि संचारकर्मीहरुलाई आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);