काठमाडौं, १२ जेठ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको यही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ । गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोबाइल आयात भएको छ ।