सिस्ने–धार्के नयाँ ट्र्याकले घट्ला त नागढुंगाको जाम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सिस्ने–धार्के नयाँ ट्र्याकले घट्ला त नागढुंगाको जाम ?

sisne dhrake road

काठमाडौं, ११ जेठ । मुलुकमा बढ्दो सवारी चापसँगै सवारी जामलाई कम गर्न सडक विभागले विभिन्न समयमा नयाँनयाँ योजना ल्याइरहेको छ। विभागको ती योजनाले गर्दा कतिपय स्थानमा त सवारी जाम कम भएको सफल उदाहरण पनि भेट्टाउन सकिन्छ।

विभागले विभिन्न निकायसँगको सहकार्यमा यस्ता योजना ल्याउने गरेको छ। सवारी जाम हटाउने र प्रदूषण कम गर्ने योजनास्वरूप २० वर्षे पुरानो सवारी हटाउनेदेखि अनेक योजना यसभित्र पर्दछ।

सडक चौडा गरी दुई लेनको बनाउनुपर्ने अनिवार्य नियम लागू गर्नेलगायत सुधारको राम्रो प्रयाससमेत नभएको होइन। नयाँ ट्र्याक खोलेर पनि समस्याको समाधान खोज्ने प्रयाससमेत भइरहेको छ।

फलस्वरूप विभागले यसका लागि धादिङको सिस्ने खोलादेखि धार्केसम्म सीधा पर्ने गरी नयाँ सडक खोल्ने योजना ल्याएको छ। विभागले यो सडकलाई काठमाडौं उपत्यकाको मुख्य नाका नागढुंगाको सवारी जामलाई समेत कम गर्न ल्याइएको बताइन्छ। विभागका इन्जिनियर छविलाल पौडेलले मुग्लिन–नागढुंगा सडकमा पर्ने सवारी चापलाई कम गर्न यस्तो योजना सोचिएको बताउनुभयो।

पृथ्वी राजमार्गको सिस्नेखोलाबाट शुरू भई उही राजमार्गको धार्केसम्म नयाँ सडक बन्नेछ। उक्त सडक ११ दशमलव २ किलोमिटरको हुनेछ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);