आयल निगम बेथितिः गुणस्तरहीन हवाई इन्धन बेचेको आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

काठमाडौं, २० भदौ । नेपालमा उडान गरिररहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल आयल निगमबाट बिक्री भइरहेको हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका छन्।

 

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट उडान भर्दै आएको फ्लाई दुबई, सारजहाबाट उडान भर्दै आएको एयर अरेबिया, अबुधाबीबाट उडान भर्दै आएको इतिहाद एयरवेज र कतारको दोहाबाट उडान भर्दै आएको कतार एयरवेजले आयल निगमसँग खरिद गरिने हवाई इन्धन गुणस्तरहीन भएको आरोप लगाएका हुन्।

 

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) बाट प्रमाणित तथा ती अन्तर्राष्ट्रिय वायुसेवामा आवद्ध अनुगमन निरीक्षकले नेपाल आएर निगमबाट बिक्री गरिने हवाई इन्धनको गुणस्तर नपुगेको प्रतिवेदन निगममा बुझाएका हुन्।

 

प्रतिवेदन प्राप्त गरे पनि निगम व्यवस्थापनले समस्या समाधान गर्नुको सट्टा त्यसलाई पूर्ण रुपमा वेवास्ता गरेको आजको नागरिक दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);