‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने सरकारको तयारी

गोकर्ण विष्ट

काठमाडौं, १० जेठ । सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले सो सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताल लगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांक समेत समावेश गरिने योजना पनि अघि सार्नु भयो ।

मन्त्री विष्टले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागिएको बताउनु भयो ।

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नु परेको पनि बताउनु भयो । उहाँले गरिव जनतालाई लक्षित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);