दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न

durbar high school

काठमाडौं, १० जेठ । भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।

भूकम्पले ध्वस्त बनाएको  दरबार हाईस्कुलको मुख्य भवन निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको जनाइएको छ ।  २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट निर्माण कार्य सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिनु भयो ।
२०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);