काठमाडौं, १० जेठ । नेपालका लागि अमेरिकी राजदुत रेन्डि बेरीले आफ्नो ट्विटरमा एउटा ट्वीट गरेको विषयले चर्चा पाएको छ । उनले ट्वीटमार्फत ‘राजदूतसँग गफगाफ’ कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराएका थिए । त्यसपछि यस विषयले चर्चा पाएको छ । केहिले उनले गरेको ट्वीट कूटनीतिक अभ्यास विपरीत भएको बताएका छन् । यसै विषयमा परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ अमेरिकी राजदुत रेन्डि बेरीलाई गफगाफ सञ्चालन गर्न दिनु पर्ने बताउनु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा बोल्दै श्रेष्ठले राजदुत बेरीको मुख थुन्न नसकिने बताउनु भएको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले परराष्ट्रविद हिरण्यलाल श्रेष्ठसंग गरेको कुराकानी हेर्नुहोस् :