सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८१, बिहीबार

सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता

aajaya sumargi

काठमाडौं, ७ जेठ । व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले बैशाख दोस्रो सातादेखि करिब साढे ४ अर्ब पुँजीगत लाभकत तिर्न सुमार्गीको कम्पनीलाई तोकता गरिरहेको छ ।

राजस्व कार्यालयका अनुसार लामो समयसम्म नतिरेका कारण जरिवानासहित ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर निर्धारण गरिएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);