नेपालगञ्ज बजारमा अवैध पैठारी भई आएका तेलहरु छ्यापछ्याप्ती | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नेपालगञ्ज बजारमा अवैध पैठारी भई आएका तेलहरु छ्यापछ्याप्ती

abaidh tel nepalgunj

नेपालगञ्ज, ६ जेठ ।  नेपालको सिमा क्षेत्रमा भारतको खुल्ला सीमा नाकाबाट भित्रिएका गुणस्तर परिक्षण नगरिएका खाने तेलको बिक्री भईरहेको पाईएको छ । सिमा क्षेत्रको नेपालगञ्ज बजारमा अवैध पैठारी गरेर आएका तेलहरुले बजारमा छ्यापछ्याप्ती भेटिन्छ ।

नेपाल र भारतको खुल्ला सिमाका कारण धेरै सामाग्रीहरु भन्सार छली गरी नेपाल भित्रिने गर्दछ । यस्तै नेपालगञ्ज बजारमा पनि भारतबाट चोरी पैठारी भई आएका खाने तेलहरु सस्तो मुल्यमा बिक्री हुँदै आएको पाईएको छ । भन्सारबाट आयात हुने सामाग्रीहरुको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले गुणस्तर मापन गरेर मात्र भन्सारबाट खाद्य समाग्रीहरुको आयात हुने गर्दछ । तर यसरी चोरी पैठारीबाट आउने खाद्य सामाग्रीहरुको कतै गुणस्तर मापन नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले जनाएको छ ।

नेपालगञ्ज बजारमा भन्सार छलेर भित्रिएका खाने तेलहरु छ्याप्तीछ्याप्ती पाइन्छन् । भारतबाट चोरी पैठारी भई आएका तेलहरु सस्तो मुल्यमा पाइने भएकाले स्थानीयहरु नेपालको तेल भन्दा भारतीय तेल बढी खरिद गर्ने व्यापारीहरुको भनाई छ ।

गुणस्तरहीन खाद्यान्नले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन सक्दछ । त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अुनगमन गर्नु जरुरी देखिन्छ । तर कार्यालयले भने कार्य क्षेत्र धेरै भएको तर सिमित जनशक्तिका कारण बजार अनुगमन गर्न नसकिएको बताएको छ ।

भन्सार क्षेत्रमा चोरी पैठारी नियन्त्रणको लागि सुरक्षाकर्मीको नियमित गस्ती पनि भइरहेको पाइन्छ । तर भन्सार छलेर सामाग्री भित्रने क्रमलाई रोक्न सुरक्षा निकाय सफल भएको देखिंदैन ।

मानव स्वास्थ्यमाथि नै खेलवाड गर्दै आयात हुने यस्ता वस्तुको नियन्त्रण गर्दै संलग्नलाई कारबाही गर्न स्थानीयले दवाब दिन थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);