७ वटै प्रदेश र सबै जिल्लामा समानुपातिक र सन्तुलित ढंगले बजेट व्यवस्थापन | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८१, बिहीबार

७ वटै प्रदेश र सबै जिल्लामा समानुपातिक र सन्तुलित ढंगले बजेट व्यवस्थापन

sahari-bikash-mantralaya

काठमाडौं, ५ जेठ । सहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरिएको बताएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा सहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेश प्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको बताउनुभएको हो ।

बहुबर्षिय ठेक्कामा गएका योजनालाई समयमै सम्पन्न गर्ने गरि प्राथमिकता दिईएको तथा नयाँ कार्यक्रमहरुलाई ७ वटै प्रदेश र ७७ वटै जिल्लामा समानुपातिक र सन्तुलित ढंगले बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

उहाँले राष्ट्रिय शहरी विकास रणनीति, एकीकृत शहरी विकास योजना, मेघा र स्मार्ट सिटी निर्माणको योजनालाई पनि बजेट विनियोजनको आधार बनाईएको बताउनुभयो । जोखिमयुक्त बस्तीमा रहेका सबैलाई सुरक्षित आवासको व्यवस्था मिलाउने कार्यक्रमलाई पनि प्राथमिकता दिईएको उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा समिति सदस्यहरु गणेश पहाडी, अनिल कुमार झा र जीप छिरिङ लामाले धेरै बर्ष देखि नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्दै आएको संघीय संसदको आफ्नै भवन बनाउने कुरा नीति तथा कार्यक्रममा आएपनि सो अनुसारको बजेट व्यवस्थापन हुन नसकेको तर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

समिति सदस्य रंगमती शाहीले सरकारले बजेट र कार्यक्रम तर्जुमा गर्दा नगरपालिका केन्द्रीत गरेकाले नगरपालिका नभएका जिल्लामा कार्यक्रमहरु नजाने भएकाले ती जिल्लाको बजेट व्यवस्थापन छुट्टै ढंगले गर्न माग गर्नुभयो । समितिले आगामी आर्थिक बर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमका सम्बन्धमा शहरी विकास मन्त्रालयसंग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);