काठमाडौं, ४ जेठ । किराँत जातीले शनिवार उभौली पर्व मनाएका छन् । प्रत्येक वर्ष चण्डि पूर्णिमा देखि आफूहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातीले विभिन्न ठाउँमा उभौली पर्व मनाएका हुन् । किराँतहरुले परंपरा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् ।
किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि पनि भनिएको हो ।




