उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गरिने

gaibastu

काठमाडौं, २ जेठ । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । यो समाचार आजको आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौँमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौँ ।’

हाल जिउँदा खसीबोका, राँगालगायत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन छैन ।