कामिरिता शेर्पा २३औं पटक सगरमाथाकाे शिखरमा पुगेर नयाँ कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

कामिरिता शेर्पा २३औं पटक सगरमाथाकाे शिखरमा पुगेर नयाँ कीर्तिमान

kamirita

काठमाडौं, १ जेठ । कामिरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्नुभएको छ । कामिरिताले बुधवार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राख्नुभएको हो । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उहाँले आफ्नै कीर्तिमान तोड्नुभएको हो ।

पर्यटन विभागले कामिरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गरेको छ । उहाँले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नु भएको छ ।