बाँकेका महिलाहरु कागती खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

बाँकेका महिलाहरु कागती खेतीतर्फ आकर्षित

बाँके, १ जेठ । पछिल्लो समय बाँकेका महिलाहरु कागती खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको बैजनाथ गाउँपालिका १ मा रहेको गाभर भ्याली अन्तरगत लेमन पार्क कृषि महिला समुहले करिव ८ विघा जग्गामा कागती खेती गर्न थालेका छन् ।

महिलाहरु एकिकृत भएर लेमन पार्क कृषि महिला समुह सञ्चालनमा ल्याएर कागती खेती गर्न थालेका हुन् । ३० जना महिला समुहले एक जनाबाट एक लाख रुपैयाँ उठाएर ३० लाख रुपैयाँ संकलन गरेर लेमन पार्क शुरु गरेका हुन् ।

लेमन पार्क कृषि महिला समुहककी अध्यक्ष अनिल कुमारी चौधरीले नेपालमा कागती खेतीको उत्पादन थोरै मात्रामा रहेको तर माग बढी रहकोले बजार पाउन सहज रहेको बताउनु भयो ।

नेपालमा खपत हुने कुल कागतीको करिव ९० प्रतिशत भारतबाट आयात हुने गर्छ । वार्षिक १ अर्ब बराबरको कागती भारतबाट नेपालमा भित्रिने गरेको सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);