५५ औँ विद्यार्थी एकता दिवस : घन्कियो एकतामा ढिलाई गर्न नहुने नारा | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

५५ औँ विद्यार्थी एकता दिवस : घन्कियो एकतामा ढिलाई गर्न नहुने नारा

bidhyarthi yekata diwas

काठमाडौं, १ जेठ ।  बुधवार ५५ औं विद्यार्थी एकता दिवस मनाईएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसंग माग गरेका छन् ।

एकता दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले प्रभातफेरी निकालेका थिए । काठमाडौंको भृकुटीमण्डपबाट निस्किएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गर्नु भएको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई गर्न नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काईएको थियो ।

कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसंग माग गर्नु गर्नूभयो । उहाँले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसंगको बहसलाई तीव्रता दिइएको समेत दावी पनि गर्नु भयो ।

त्यसैगरी, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

२०२१ जेठ १ गते तत्कालीन विद्यार्थी संगठनहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गतेका दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ । यसरीनै प्रत्येक वर्ष यो दिवस मनाईएपनि विद्यार्थी नेताहरुले विद्यार्थी हक हितका लागि भने संस्थागत सुधारका लागि ठोस काम गर्न भने सकेका छैनन ।