लगानीमैंत्री वातावरण बनाउन सरकारसँग निजी क्षेत्रको माग | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

लगानीमैंत्री वातावरण बनाउन सरकारसँग निजी क्षेत्रको माग

udhyog bebashayi

काठमाडौं, २६ बैशाख । निजी क्षेत्रले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग पुनः माग गरेको छ । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले लगानीमैंत्री वातावरण बनाउन सरकारसँग माग गर्नु भएको हो ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अग्रवालले सरकारले नीतिगत तथा कानुनी व्यवस्था नगरेकै कारण मुलुकमा लगानीको वातावरण बन्न नसकेको समेत दावी गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिनु भयो ।

महासंघले बैंकको उच्च व्याजदर घटाएर उद्योगमैत्री वातावरण बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पनि सरकारलाई सुझाव दिएको छ ।