'सार्वजनिक खरीद ऐन' संशोधन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

‘सार्वजनिक खरीद ऐन’ संशोधन गर्ने सरकारको तयारी

arthamantri khatiwada

काठमाडौं, २५ बैशाख । सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको जनाएको छ । बुधवार बसेको संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो । उहाँले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

बैठकमा समितिका सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एउटै आयोजना वर्षौसम्म पूरा नहुने अवस्थाको अन्त्य गर्न पनि सार्वजनिक खरिद ऐन संशोधन गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी आयोजनाकोहरुको काममा तीव्रता दिन सरकारलाई सचेत गराउनु भयो ।

समितिका अर्का सदस्य एबं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आर्थिक वृद्धिलाई जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिनु भयो । उहाँले दीगो विकास लक्ष्य हासिल हुने गरी बजेट ल्याउन पनि सरकारसँग आग्रह गर्नु भयो ।

बैठकमा अर्थ समितिले विभिन्न उपसमिति बनाएर देशका मुख्यमुख्य सहरमा अन्तरक्रिया गरी तयार पारेको बजेटसम्बन्धि सुझाव पनि अर्थमन्त्री खतिवडालाई बुझाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);