काँग्रेसले गर्यो सबै प्रदेशको विकास हुनेगरी आर्थिक बजेट ल्याउन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

काँग्रेसले गर्यो सबै प्रदेशको विकास हुनेगरी आर्थिक बजेट ल्याउन सरकारको ध्यानाकर्षण

gyanendra bahadur karki

काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधवार संघीय संसदको अर्थसमितिको बैठकमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने भन्दै सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले पहुँच र प्रभावको आधारमा नभई जनताको आवश्यक्ताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

काँग्र्रेस नेता कार्कीले सरकारको एक वर्षे कार्यकाल गफमा मात्रै बितेको दावी गर्दै आगामी ४वर्ष सदुपयोग गरेर अघि बढन पनि सरकारलाई सुझाव दिनु भयो । उहाँले बजेटको प्राथमिकता कार्यान्वयनमा विशेष ध्यान दिन पनि अर्थ मन्त्रालयलाई आग्रह गर्नु भयो । पूर्व अर्थमन्त्री समेत रहनु भएका नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटले गरिवी निवारण, बेरोजगारी समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);