भारतमा साेमबार पाँचौ चरणको निर्वाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

भारतमा साेमबार पाँचौ चरणको निर्वाचन सम्पन्न

पाँचौ चरणको निर्वाचन

एजेन्सी, २३ बैशाख । विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा जारी लोकसभा निर्वाचन अन्तरगत पाँचौ चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । गत अप्रिल ११ तारिखवाट सुरु भएको पाँचौ चरणको यो निर्वाचनमा भारतका केहि दिग्गाज नेताहरुको प्रतिष्ठा गासिएका निर्वाचन क्षेत्रहरुमा समेत निर्वाचन भएका कारण विशेष महत्वका साथ हेरिएको छ ।

लोकसभा निर्वाचन सुरु भएसंगै भारतको आगामी नेतृत्वका बारेमा अनेक अडकलवाजी सुरु भैसकेको छ । सोमवार भएको निर्वाचनमा यूपीए अध्यक्ष सोनिया गान्धी, कांग्रेस अध्यक्ष राहुल गान्धी, केन्द्रीय गृहमन्त्री राजनाथ सिंह, स्मृति इरानीसहित ६ सय ४७ नेताहरुको भाग्य फैसला हुनेछ ।

भारतीय राजनीतिका प्रतिष्ठित मानिएका नेताहरुको चुनावी क्षेत्र समेत भएकोले सोमवारको निर्वाचनलाई भारतका साथै छिमेकी राष्ट्रहरुले समेत चासोका साथ हेरेका छन । पछिल्लो समय लोकप्रिय नेताको छवी बनाएका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी समेतको निर्वाचन क्षेत्रमा हुने निर्वाचनले सोमवारको निर्वाचनले विशेष अर्थ राखेको छ । भारतमा कांग्रेसले बहुमत प्राप्न गर्न सके उनि भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएका व्यक्ति हुुन ।

सोमबार भएको मतदानवाट ७ राज्यका करिब ८ करोड ७५ लाख मतदाताले ५१ सांसद चुन्नेछन् । ५१ सिटका लागि ६ सय ४७ जना उम्मेदवार चुनावमा उठेका छन् । कुल ५१ सिट रहेको यो क्षेत्रमा सन् २०१४ को चुनावमा भाजपाले ३९ सिट र कांग्रेसले २ सिट जितेका थिए ।

अन्य सिट विपक्षी दलहरुले जितेका थिए । सोमबार उत्तर प्रदेशको सबैभन्दा धेरै १४ सिट, राजस्थानका १२ सिट, पश्चिम बंगाल र मध्यप्रदेशका ७–७ सिटमा चुनाव भएको छ । यसैगरी बिहारका ५ र झारखण्डका चार सिटमा पनि सोमबार नै मतदान भएको छ । जम्मु–कश्मिरको पुलवामा र शोपिया जिल्लामा पनि चुनाव भएको छ ।

यी क्षेत्रको चुनावका लागि भारतको चुनाव आयोगले ९४ हजार मतदान केन्द्र बनाएको थियो । पाँचौ चरणको मतदानसँगै ४ सय २४ सिटमा चुनाव सम्पन्न हुनेछ । बाँकी १ सय १८ सिटमा १२ मे र १९ मेमा चुनाव हुनेछ । मे १९ तारिखमा हुने चुनावसंगै भारतमा लोकसभा निर्वाचन सम्पन्न हुनेछ ।  सोनिया गान्धी आफ्नो परम्परागत रायबरेली क्षेत्रबाट चुनाव लडेकी छन् ।

यहाँबाट उनले तीन पटकसम्म चुनाव जितिसकेकी छन् । सोनिया गान्धी भन्दा पहिले दुई पटक पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र त्यसपछि फिरोज गान्धीले पनि रायबरेलीबाटै चुनाव जितेका थिए । यसपटक सोनियाविरुद्ध भाजपाका दिनेश प्रताप सिंह प्रतिस्पर्धामा छन् । राहुल गान्धी अमेठी र वायनाडबाट उम्मेदवार बनेका छन् ।

अमेठीबाट भाजपाले केन्द्रीय मन्त्री स्मृति इरानीलाई दोस्रोपटक टिकट दिएको छ । केन्द्रीय गृहमन्त्री राजनाथ सिंह एक पटक फेरि भाजपाको गढ मानिने लखनउबाट चुनाव लडेका छन् । सन् २०१४ मा पनि उनले लखनउबाटै चुनाव जितेका थिए । लखनउबाट चुनाव जितेर पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयी पाँच पटक सांसद बनेका थिए ।

लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनाता पार्टी, भारतीय काँग्रेस, बहुजन समाज पार्टी लगायत प्रभावशाी मानिएका दलहरु तथा अन्य नाममात्रका भरोसा पार्टी, सबसे बडी पार्टी, राष्ट्रिय साफ नीति लगाएतका पार्टीहरु चुनावी मैदानमा उत्रिएका छन् ।

एक अर्को पार्टीलाई आरोप प्रत्यारोप तथा विभिन्न फण्डावाजीका विच चुनावमा कुन दल सबैभन्दा ठूलो बनेर उदाउला ? सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले कस्तो प्रदर्शन गर्ला ? चुनावपछि विपक्षी काँग्रेस पार्टीको अवस्था कस्तो रहला ? तथा अन्य क्षेत्रीय दलहरुको प्रभूत्व रहला कि नरहला ? यी सवै प्रश्नको उत्तर पाउनका लागि भने चुनावी नतिजा कुनुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);