समाजवादलाई गन्तव्य मानेर फोरमसँग एकता गर्दै छौ : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

समाजवादलाई गन्तव्य मानेर फोरमसँग एकता गर्दै छौ : बाबुराम भट्टराई

baburam bhattarai

काठमाडौं, २२ बैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको बताउनुभएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा संयोजक भट्टराईले सोमबार दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको जानकारी दिनु भएको हो । उहाँले साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरुले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको उल्लेख गर्नुभयो ।

संयोजक भट्टराईले कम्युनिष्ट पार्टीहरुको संगठन संचालन प्रणाली त्रुटीपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताउनु भयो । सोमबार भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ ।