विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

bipad-pm oli nirdeshan

कोमल प्रसाद दुलाल
काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको छ । जल तथा मौसम विज्ञान विभागले आँधि, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको हो ।

जल तथा मौसम विज्ञान विभागले आँधि, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको हो । आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनुभएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो ।

बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि आ– आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरुका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढि प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गर्नु भएको थियो । गर्मीमा आगलागी, हावा÷हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीत लहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्य मन्त्री राउतले बताउनुभयो ।

बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ । प्रधानमन्त्री आफैं अध्यक्ष रहने सो परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृह सचिव सदस्य रहने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);