यस्तो छ राष्ट्रपतिले प्रस्तुत गरेको सरकारकाे 'नीति तथा कार्यक्रम' | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

यस्तो छ राष्ट्रपतिले प्रस्तुत गरेको सरकारकाे ‘नीति तथा कार्यक्रम’

काठमाडौं, २० बैशाख । सरकारले आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सरकारले ३ बर्ष भित्र सम्पन्न गर्ने गरि काठमाडाैं उपत्यकामा संघीय संसद भवन, राजकीय अतिथि गृह, मन्त्री निवास, प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको सम्पर्क कार्यालय एवं निवासहरुको निर्माण गर्ने भएको छ ।

त्यसैगरी, काठमाडौ उपत्यकामा यसै बर्ष ३ हजार व्यक्तिको क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने, ३ बर्ष भित्र ५ हजार व्यक्ति क्षमताको बहुउद्देश्यीय सम्मेलन केन्द्र निर्माण गर्ने, प्रदेशका राजधानीहरुमा २ हजार व्यक्ति क्षमताका सम्मेलन केन्द्र निर्मण गर्ने भएको छ ।

त्यसैगरी सरकारले धरहराको पुनर्निर्माणकार्य आगामी दुई बर्ष भित्र सम्पन्न गर्नुको साथै भुकम्पबाट क्षतिग्रस्त नीजी आवास पुननिर्माणको बाँकी कार्य आगामी आर्थिक बर्षमा सम्पन्न गरिने लक्ष्य अघि सारेको छ ।

सरकारले चिनौ आफ्नो माटो बनाऔ आफ्नै देश अभियान सञ्चालन गरी स्नातक गरेका युवाहरुलाई फेलोसिप सहित मुलुकभर परिचालन गर्ने नीति लिएको छ । त्यसैगरी मुलुकभरका सबै सामुदायिक विालयहरुमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराईने भएको छ ।

सरकारले आगामी बर्ष युवा बैज्ञानिक सम्मेलन आयोजना गर्ने भएको छ । सरकारले डिजिटल नेपाल राष्ट्रिय फ्रेमवर्क ५ बर्षे राष्ट्रिय कार्यायोजना कार्यान्वनय गर्ने नीति लिएको छ । दुई बर्ष भित्र नेपाललाई पुर्ण साक्षार नेपाल बनाउने बताएको छ ।

आगामी ४ बर्ष भित्र सबै नेपालीलाई बायोमेट्रिक सुचना र पृथक पहिचान नम्बर सहितको राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । खोलौ बैंक खाता अभियानलाई तिब्रता दिने र सबै आर्थिक कारोबार बैंकिड प्रणाली मार्फत गरिने भएको छ । सरकारले आगामी बर्ष भित्र स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने भएको छ ।

यातायात प्राधिकरण स्थापना गरिनुको साथै सार्वजनिक यातायातका साधनमा यात्रा कार्डको व्यवस्था गरिने भएको छ । आगामी आर्थिक बर्ष देखि विद्युतिय बस सेवा संचालनमा ल्याउनुको साथै देशव्यापी गराउने सवारी साधन संचालनमा ल्याईने भएको छ ।

शैक्षिक क्षेत्र सुधारमा योगदान पुर्याउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम संचालन गरिने भएको छ । सरकारले आगामी २ बर्ष भित्र नेपाललाई साक्षार नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई आगामी २ बर्ष भित्र संञ्चालनमा ल्याउने र आगामी आर्थिक बर्ष भित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याईने भएको छ । चित्सिक सेवा नपुगेका स्थानीय तहका कम्तिमा एक चिकित्सक उपलब्ध गराउने नीति सरकारले लिएको छ ।

सरकारले काठमाडौंको चोभारमा निर्माण प्रारम्भ गरिएको अन्तराष्ट्रिय प्रदर्शनीस्थल सहित सुख्खा बन्दरगाह ३ बर्ष भित्र र २ बर्ष भित्र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्ने र आगामी बर्ष देखि अमलेखगञ्ज रक्सौल मोतिहारी खण्डको पेट्रोलियम पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्ने व्यवस्था मिलाउने भएको छ ।

सरकारले अतिक्रमित सम्पुर्ण सरकारी जग्गाहरु आगामी बर्षभित्र सरकारी कायम गर्ने जनाएको छ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समीक्षा र मुल्यांकन गरी प्रभाकारी पुनव्यवस्थापन गर्ने भएको छ । आगामी दुई बर्ष भित्र जोखिमयुक्त बस्तीमा रहेका सबैलाई जोखिमरहित स्थानमा सुविधासम्पन्न आवासको व्यवस्था मिलाईने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका लागि महत्वपुर्ण कानुन तर्जुमा भएको र संविधान कार्यान्वयनका लागि कानुनी आधार तयार भएको बताउनुभयो ।

संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको तथा पृथकतावाद, विखण्डनवादी विचार र हिंसाको राजनीति अन्त्य भएको बताउनुभयो । उहाँले संविधानको सफल कार्यान्वयनसंगै राष्ट्रिय एकतालाई सामजिक न्याय, समानता र सम्मृद्धिले थप सुदृढ बनाउने बताउनुभयो । सम्बोधनका क्रममा उहाँले आफ्नो हालै भएको चीन भ्रमण देखि नेपालले मुलुकवाहिर भएका विभिन्न कार्यक्रममा जनाएको सहभागीताबारे पनि संक्षित जानकारी गराउनुभएको थियो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति भण्डारीले अघिल्लो बर्ष यस सरकार भनेर भन्नुभएको थियो भने यसपटक मेरो सरकार भनि सम्बोधन गर्नुभएको छ । यसपटक प्रि–बजेट छलफल नगरि नै नीति तथा कार्यक्रम ल्याईएको हो । यसअघि प्रि–बजेटमाथिको छलफल पछि मात्रै सरकारको नीति तथा कार्याक्रम सार्वजनिक गर्ने गरिन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);