सामुद्रिक आँधी अाउने डरले भारतमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

सामुद्रिक आँधी अाउने डरले भारतमा ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

फानी नामको आँधि बंगालको खाडीबाट उडिसातर्फ अघि बढ्दै

एजेन्सी, १९ बैशाख । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । भारतीय मौषमबिदहरुले सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघन्टाको गतिमा आउन लागेको अनुमान गरेका छन्।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले बिहिवार उडिसा राज्यको १३ ओटा जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन् । ‘फानी’ नामको उक्त सामुद्रिक आँधीका कारण शुक्रबार हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ ।

हाल बंगालको खाडीबाट उक्त सामुद्रीक आँधी झन्डै २ सय किलोमिटर प्रतिघन्टाको वेगमा भारतको उडिसा राज्यतिर बढिरहेको बताइएको छ । उडिसामा करिब एक हजार विद्यालय र सरकारी भवनहरुमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको बताइएको छ ।

आँधीले आन्ध्र प्रदेश र तामिलनाडुलाई पनि प्रभावित पार्नसक्ने अनुमान गरिएको छ । सन् २०१७ मा तामिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ‘ओक्खी’का कारण २ सय ५० जनाले ज्यान गुमाएका थिए ।

गत अक्टोबरमा पनि सामुद्रिक आँधी ‘टिल्ली’का कारण उडिसा राज्यबाट करिब तीन लाख व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको थियो । उक्त आँधीले नेपालको केही भूभागमा पनि असर पार्न सक्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);