न कर्मचारी छन्, न संरचना | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

न कर्मचारी छन्, न संरचना

Rastriya-Pariksha-board

काठमाडौं, १९ बैशाख । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा सेवाग्राहीको समूह भुइँतलाको झ्यालमा लामबद्ध थियो। कोठाभित्रका कर्मचारीतर्फ मुन्टो तन्काउँदै एकथरी सेवाग्राही भन्दै थिए, ‘सर मेरो प्रमाणपत्रमा जन्ममिति बिग्रेको छ, कसरी सच्याउने ? ’ सेवाग्राहीको अर्को समूह पनि कर्मचारीसँग रिस्सिँदै थियो, ‘हाम्रो चारित्रिक प्रमाणपत्र र मार्कसिटको ठेगाना फरक पर्‍यो । यस्तो गल्ती कसरी आयो ? ’

कर्मचारीलाई भने सेवाग्राहीको प्रश्नको जवाफ फर्काउन भ्याई–नभ्याई थियो। प्रश्नको जवाफ फर्काउनुपर्ने देखि लाइनमै बसेका अन्य सेवाग्राहीको काम पनि तोकिएको समयमै गर्नुपर्ने बाध्यता उनीहरूमा थियो कर्मचारीले कार्यालयको ढोका खोल्नेबित्तिकै सेवाग्राही त्यतैतिर दौडिन्थे।

राष्ट्रिय परीक्षा बोर्ड सानाेठिमीमा शैक्षिक प्रमाणपत्र लिन फारम भर्दै विद्यार्थी ।

कर्मचारी अत्यन्त कम हुँदा काम गर्न निकै सकस देखिन्थ्यो। त्यहाँ कर्मचारी अभाव मात्र थिएन, भएका संरचनाको उचित जतन नहुँदा प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगिसकेका थिए। शौचालयदेखि भवनभित्रका गोदाम माकुराको जालोले जेलेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

८६ वर्ष पुरानो एसइइ (विगतमा एसएलसी) को सम्पूर्ण दस्ताबेज यही कार्यालयमा छ। कानुन र कागजमा यो कार्यालय गत वर्षदेखि बन्द भइसकेको छ। काम भने यतैबाट भइरहेको छ। शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय शिक्षामा गाभेको छ। त्यसपछि कक्षा १२ सम्मको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको दायित्व राष्ट्रिय परीक्षा बोर्डमा गयो। कानुनअनुसार एसईई पनि बोर्डबाटै सञ्चालन गर्नुपर्छ। बोर्डको संरचना पूर्ण नभएका कारण कागजमा अवैध भए पनि काम भने पुरानै शैलीमा भइरहेको छ। जसकारण परीक्षा नियन्त्रण कार्यालय अहिले यता न उताको बनेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);