राष्ट्रपतिको चीन दौडाहालाई नजिकबाट नियाल्दा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

राष्ट्रपतिको चीन दौडाहालाई नजिकबाट नियाल्दा

president_bidhya_devi_bhandari

काठमाडौं, १९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीनको नौ दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएकी छन्। चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भएको भ्रमण राष्ट्रपति भण्डारी बुधबार ल्हासाबाट काठमाडौं आएसँगै सकिएको हो।

बिहीबार नेपाल फर्कने निर्धारित तालिका रहे पनि भण्डारी हाई अल्टिच्युटको समस्या देखिएपछि बुधबार स्वदेश फर्केको भ्रमण दलका सदस्यले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिमा लेखेको छ ।

राष्ट्रपतिलाई बिहान नेपाल फर्कने क्रममा ल्हासाको गोङगर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए। बुधबार सात सदस्य फिर्ता भए पनि अन्य सदस्य ल्हासामा छन्। ‘७ जना फर्कनुभएको हो। हामी ३४/३५ जना यही नै छौं’, राष्ट्रपतिका सहयोगी जीवछ साहले भने, ‘राष्ट्रपतिलाई हाई अल्टिच्युट भएका कारण फर्कनुभएको हो। धपेडीका कारण राष्ट्रपतिलाई असजिलो महसुस भएकाले फर्कनुभयो।’

बेइजिङको समुद्र सतहदेखिको उचाइ औसत ४४ मिटर रहेको छ भने ल्हासाको ३,६५६ मिटर रहेको छ। यो भिन्नताले धेरैलाई गाह्रो पर्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले राष्ट्रपतिलाई स्वागत गरे। विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपतिलाई नेपाली सेनाले सलामीसहित सम्मान दिएको थियो।