समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार स्तम्भ मजदुर हो: राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार स्तम्भ मजदुर हो: राष्ट्रपति भण्डारी

bidhya-bhandari

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवाद उन्मुख अर्थ व्यवस्थाको आधार स्तम्भ श्रमिक मजदुर भएको बताएकी छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवसमा अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले सुदृढ अर्थतन्त्रको मेरुदण्ड समाजवादउन्मुख अर्थव्यवस्थाको आधार स्तम्भ श्रमिक मजदुर भएको भन्दै सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गरे । उनले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा संकल्प सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका क्षेत्रमा सम्बन्धित पक्षहरु केन्द्रित हुने विश्वास समेत व्यक्त गरेकी छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शुभकामना सन्देशमा सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि मजदुर वर्गले गरेको योगदानप्रति उच्च सम्मान समेत प्रकट गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);