राष्ट्रपति भण्डारीलाई चीनमा राजकीय सम्मान | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीलाई चीनमा राजकीय सम्मान

rastrapati rajakiye samman

काठमाडौं, १७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा चीन सरकारले सोमबार राजकीय सम्मान प्रदान गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो ।

ग्रेट हलमा चिनियाँ राष्ट्रपति सी जिनपिङले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए । साजकीय सम्मानपछि राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच द्वीपक्षीय कुराकानीसमेत भएको थियो । दुईपक्षीय भेटमा चिनियाँ राष्ट्रपतिले समकक्षी भण्डारीलाई बीआरआई सम्मेलनमा व्यक्त सम्वोधनका लागि धन्यवाद ज्ञापन गरेको जनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति सीले नेपाल–चीन हिमाल र नदीले जोडिएको र नेपालको विकास प्रक्रियामा सहयोग गर्न चीन तयार रहेको बताएको थियो । भ्रमणका क्रममा चीन र नेपालवीच विभिन्न ७ वटा समझदारीपत्रहरुमा हस्ताक्षर भएको छ ।

यस क्रममा बहुप्रतिक्षित पारवाहन यातायातसम्बन्धी पारवहन सम्झौताको प्रोटोकोलमा समेत हस्ताक्षर भएको छ । यसमा दुबै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् । राष्ट्रपति भण्डारी आज बेइजिङबाट ल्हासा प्रस्थान गरेकी छन् । उनि बैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);