काठमाडौं, १६ बैशाख । संघीय संसद्को वर्षे अधिवेशन सोमबार (आज) बाट सुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट (वर्षे) अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलो बैठक सोमबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार यस अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल तथा पारित हुनेछ । नेपालको संविधानमा जेठ १५ गतेभित्रै संसदमा बजेट पेस गरिसक्नुपर्छ ।
त्यसअघि आगामी बैसाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । यस अलावा बजेट अधिवेशनका लागि प्रतिनिधिसभामा २७ र राष्ट्रियसभामा ८ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ ।