खुलामञ्च अतिक्रमणमा उपप्रमुखको संलग्नता रहेको महानगर प्रमुखको आशंका | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

खुलामञ्च अतिक्रमणमा उपप्रमुखको संलग्नता रहेको महानगर प्रमुखको आशंका

khulamanch atikraman

काठमाडौं, १४ बैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीको खुलामञ्च अतिक्रमण गरी सटर तथा स्टल बनाइनुमा उपप्रमुख हरीप्रभा खड्गीको संलग्नताको आशंका व्यक्त गरेका छन् । सटर तथा स्टल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका स्थानीय र काठमाडौं ६ का सांसद भीमसेनदास प्रधानसँग महानगर प्रमुखले यस्तो आशंका गरेका हुन् ।

उपप्रमुख खड्गीले रहस्यमय तरिकाले नगरसभाको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए । ‘‘मैले चैत २४ मा जानकारी पाएँ । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरेर प्रतिवेदन दिन उपप्रमुखलाई भनेको थिएँ । तर, उहाँले टेर्नुभएन । नगरसभाले दिएको जिम्मेवारी पूरा गर्नुभएन । महानगर प्रमुखका रूपमा मैले दिएको निर्देशन पनि मान्नुभएन,’ उनले भने, ‘खुलामञ्च अतिक्रमण प्रकरणमा कतै उहाँ योजनाबद्ध र नियोजितरूपमा काम गरिरहेको त छैन भन्ने आशंका लाग्न थालेको छ ।’

ज्ञापनपत्र बुझाउन गएकाहरूले महानगर प्रमुखलाई वैशाख मसान्तसम्ममा अवैधानिक सटर तथा स्टल भत्काउन र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । जवाफमा उनले अवैधानिक रूपमा बनेका सटर तत्काल हटाइने तथा खुलामञ्च अतिक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । महानगरपालिकासँगको सम्झौताविपरीत ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले खुलामञ्च अतिक्रमण गरेर ४० भन्दा धेरै सटर बनाएर भाडामा लगाएको छ । ठाउँ उपलब्ध गराएबापत उसले प्रतिसटर १५ हजार रूपैयाँसम्म सलामी उठाउने गरेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);