अंगिकृत नागरिकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सर्वाेच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

अंगिकृत नागरिकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सर्वाेच्चको आदेश

SUPREME_COURT

काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतले अंगिकृत नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले नागरिकता बिवाद सम्बन्धी सर्बाेच्चमा परेको रिटमाथी सुनुवाई गर्दै शुक्रवार अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न अर्को अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्न आदेश दिएको थियो । तर, एक साता नबित्दै अदालतले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाइदिएको हो । अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्न आदेश दिएको थियो ।

उक्त आदेशपछि देशभरिका जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण सुचारु भएको थियो । तर, सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार कार्की र श्रेष्ठको आदेशविपरीत अर्को आदेश आएको हो ।