सरकारी अस्पताललाई विश्वास गरौँ : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौँ, १८ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गर्न आग्रह गरेका छन् । सबै खाले व्यक्तिले सरकारी अस्पतालमा उपचार गराएर सक्षम बनाउनुपर्ने उनको भनाई छ ।

 

मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज डिस्चार्ज भएका मन्त्री पोखरेलले ‘मन्त्री हुनु पहिले पनि आफूले वीरमा भर्ना भएरै उपचार गराएको बताए ।

 

उनले भने – सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्यही विश्वासलाई बलियो बनाएर राम्रो सेवा लिएर घर फर्कँदैछु ।’’

 

सामान्य उपचारका लागि निजी अस्पताल वा विदेशै धाउनुनपर्ने भन्दै मन्त्री पोखरेलले बाहिर जानैपर्ने भए चिकित्सकले सिफारिस गर्ने हुँदा देशभित्रैका अस्पतालमा विश्वास गर्न आग्रह गरे ।

 

वीर अस्पतालका निर्देशक डा भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेललाई अस्पताल भर्ना हुँदा ज्वरो, रुघाखोकी र छातीमा संक्रमणको समस्या देखिएको जानकारी दिए । उनलाई अझै केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।